चीनले नेपालको बिजुली लैजाने उर्जामन्त्रीको विश्वास

चीनले नेपालको बिजुली लैजाने उर्जामन्त्रीको विश्वास

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले चीनसँग विद्युत व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताउनुभएको छ ।

मन्त्रालयका सचिवसँग कार्य सम्पादन सम्झौता गर्न आज आयोजित कार्यक्रममा उहाँले उक्त जानकारी गराउनुभएको हो । बंगलादेशसँगको विद्युत व्यापार सम्झौतालाई उपलब्धिका रुपमा अर्थ्याउदै मन्त्री खड्काले चीनसँग पनि कुरा गरिरहेको बताउनुभयो । 

अन्य छिमेकी राष्ट्रहरुले आफैँ विद्युत उत्पादन गर्दा पनि नेपालसँग किनेको जनाउँदै उहाँले चीनले बिजुली किन्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री खड्काले निजी क्षेत्रले जलविद्युतमा गरेको लगानी अन्तत: राज्यकै हुने भएकाले उनीहरुलाई अवरोध गर्नु नहुनेमा जोड दिनुभएको छ । 

जलविद्युतको क्षेत्रमा तल्लो तहको मान्छे पनि धनि हुनेगरी मोडालिटी बनाउनेमा आफू लागिपरेको उहाँको भनाई छ ।

टिप्पणीहरू