जोखिम मोल्दै राजधानीबाट चार लाख बाहिरिए

जोखिम मोल्दै राजधानीबाट चार लाख बाहिरिए

दशैँ नजिकिएसँगै काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्न थालेको छ । घटस्थापनापछि लगातार बढेको उपत्यका छाड्नेको संख्या दैनिक रुपमा बढिरहेको छ । 

गत असोज १४ गतेदेखि आजसम्म उपत्यका छाड्नेको संख्या झण्डै चार लाख पुग्न लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

देशका विभिन्न ठाउँबाट राजधानी काठमाडौं आएर अध्ययन, पेशा, व्यवसायमा संलग्नहरु दशैँ मनाउन घर फर्किन लागेसँगै बसपार्क र विमानस्थलमा भीड देखिन्छ ।

अविरल वर्षापछि आएको बाढीपहिरोले मुख्य र ग्रामीण सडकको अवस्था खराब भएपछि सर्वसाधारणहरु आफ्नो थातथलो फर्कन मुश्किल भएको हो । तर पनि उनीहरु जोखिम मोलेरै राजधानीबाट बाहिरिन खोजिरहेका छन् ।

दशैँमा तोकिएका सवारीसाधन मात्र चल्न दिँदा यात्रुको चाप धान्न नसक्ने भएकाले यातायात व्यवस्था विभागले गत असोज १४ गतेदेखि नै रुट परमिट खुला गरेको छ । यात्रुको चापलाई ध्यानमा राख्दै विभागले असोज १२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ्ग पनि खुला गरेको हो ।
 

टिप्पणीहरू