पूर्व राजाको सम्बोधनलगत्तै घन्कियो रेशम फिरिरी

पूर्व राजाको सम्बोधनलगत्तै घन्कियो रेशम फिरिरी

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान भ्रमण सकेर आज बिहान काठमाडौं फर्कनुभएको छ । उहाँ ड्रुक एअरको उडान नम्बर केबी ४०० मा भुटानको पारोबाट बिहान सवा ८ बजे स्वदेश आइपुग्नुभएको थियो ।

छोरी प्रेरणा र भतिजी सिताष्मासहित पाँच जनाको टोलीसँगै पूर्व राजाले भुटानको तीन दिने भ्रमणमा भुटानी नरेश जिग्मे केसर नाम्ग्याल,रानी जेत्सुन पेमा, पूर्व राजारानी र शाही नातेदारहरुसँग भेट गर्नुभयो ।  

स्वदेश फर्कनुअघि उहाँले बडा दशैंको उपलक्ष्यमा राजधानी थिम्पुस्थित शक्तिपीठ पाञ्चायन मन्दिरमा पूजाअर्चना र मन्दिर अवलोकन गर्नुभएको बताइन्छ । त्यसअघि भारतको दार्जिलिङस्थित सेन्ट जोसेफ स्कूल,नर्थ पोइन्टका पूर्व विद्यार्थीहरुले थिम्पुमा आयोजना गरेको पुनर्मिलन कार्यक्रममा पनि उहाँ सहभागी हुनुभएको थियो । 

कार्यक्रमलाई सम्बोधन गरेपछि उहाँ सामूहिक फोटो खिच्ने कार्यक्रममा सहभागी हुनुभएको थियो । त्यसपछि रात्रिभोजसहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिँदा नेपाली लोकप्रिय गीत ‘रेशम फिरिरी’ मा नृत्य प्रस्तुत गरिएको हो । पूर्व राजा ज्ञानेन्द्र पनि उक्त स्कुलका पूर्व विद्यार्थी हुनुहुन्छ ।

टिप्पणीहरू