थप वैदेशिक लगानी भित्र्याउन सरकारको पहल

थप वैदेशिक लगानी भित्र्याउन सरकारको पहल
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ प्रमाणीकरण गर्नुभएको छ । संघीय संसदको दुवै सदनबाट पारित भई पेश भएको उक्त विधेयक प्रमाणीकरण गरिएको हो ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

टिप्पणीहरू