स्वागतद्धार होर्डिङ्ग बोर्ड राख्नेलाई जरिवाना

स्वागतद्धार होर्डिङ्ग बोर्ड राख्नेलाई जरिवाना

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा स्वागतद्धार होर्डिङ्ग बोर्ड राख्ने एक कम्पनीलाई जरिवाना तिराएको छ । महानगरको विज्ञापन नीतिविपरीत सार्वजनिक स्थलमा स्वागतद्धार होर्डिङ्ग बोर्ड राख्ने बर्जर जेन्सन एण्ड निथोल्शन नेपाल प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । 

नजिकिँदो चाडपर्वलाई लक्षित गरी ग्राहक तान्न काठमाडौं उपत्यकाका विभिन्न स्थानमा व्यापारीहरुले गेट राखेका छन् । महानगरले त्यस्तो गेट राख्नेलाई धमाधम कारबाही गरिरहेको छ । महानगर प्रहरी बलले हिजो वडा नम्बर–१४ कुलेश्वर क्षेत्रमा ‘दशैं अफर’ लेखिएको पसलबाहिरका केही गेट निकालेको थियो ।

टिप्पणीहरू