कुलेखानी ड्याम भरिनै लाग्यो, सतर्कता अप्नाउन आग्रह

कुलेखानी ड्याम भरिनै लाग्यो, सतर्कता अप्नाउन आग्रह

गए रातिदेखिको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी ड्याम भरिने अवस्थामा पुगेको छ ।  

ड्याम भरिने चरणमा पुगेकाले बाँध खोल्नुपर्ने भएको जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ । कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरुमा बाढी आउन सक्ने उल्लेख गर्दै प्रशासनले सतर्कता अप्नाउन सूचित गराएको छ । 

‘इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरुमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको हुँदा कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले उच्च सतर्कता अप्नाउनुहुन...’,सूचनामा उल्लेख छ । 

त्यसैगरी, प्रतिकार्यमा खटिने सुरक्षाकर्मी र स्थानीय विपद् व्यवस्थापन समितिहरुलाई पूर्वतयारी अवस्थामा बस्न अनुरोध गरिएको छ ।

टिप्पणीहरू