भगतसिंह कोशियारी र बिहारी मुख्यमन्त्रीका सल्लाहकार आउँदै

भगतसिंह कोशियारी र बिहारी मुख्यमन्त्रीका सल्लाहकार आउँदै

भारतीय राजनीतिज्ञ भगत सिंह कोशियारी नेपाल आउन लागेका छन् । उनी दिउँसो पौने २ बजे एअर इण्डियाको उडानमा नयाँ दिल्लीबाट काठमाडौं आइपुग्ने बताइएको छ । कोशियारीसँगै भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारका प्रमुख सल्लाहकार पनि सोही उडानमा आउने बुझिएको छ।

भारतीय जनता पार्टी निकट राष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस) का मुख्य नेताहरुमध्येका एक ८३ वर्षे कोशियारी यसअघि महाराष्ट्र राज्यमा गभर्नर तथा उत्तराखण्डमा मुख्यमन्त्री थिए । सन् २००८ देखि १४ सम्म राज्यसभामा सांसद थिए ।

कोशियारी नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) मा भारतीय पक्षका चार जनामध्ये एक तथा संयोजक हुन् । ईपीजी प्रतिवेदन हालसम्म भारतीय प्रधानमन्त्रीले बुझ्न मानेका छैनन् ।

टिप्पणीहरू