नयाँ नोट: पालो पौडेलको, दस्तखत अधिकारीको
नेपाल राष्ट्र बैंकले आजदेखि १०० दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । नयाँ सिरिजको नोटको मध्यभागमा नेपालको चुच्चे नक्सा थपी बाँकी फिचर पहिलेकै राखिएको छ ।
चीनको बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले छापेको यो नोट यसअघि भारतले छाप्ने रुचि देखाएको थियो तर ग्लोबल टेण्डरको आधारमा सस्तो छपाई मूल्यका कारण चीनको उक्त कम्पनीले ठेक्का पाएको हो । पहिले पनि चीनको बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले नै नेपालका धेरै दरका नोट छापिसकेको छ । त्यसैगरी नेपाली सिक्का पनि चिनियाँ कर्पोरेसनले टंकन गरेको थियो ।
भारतको नासिकमा नोट छपाइ कम्पनी छ । भारतले यसअघि नेपालको १० रुपैयाँ दरको नोट छापेको थियो । ५० को दरमा तोकिएको फिचरबमोजिम छाप्न नसकेपछि नेपाल राष्ट्र बैंकलाई तीन वर्षदेखि उक्त दरको नोट अभाव छ ।
गत वर्ष राष्ट्र बैंकले एक सयको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएपछि भारतमा नयाँ बहस सिर्जना भएको थियो । २०८१ वैशाख २० गते मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको सिफारिसबमोजिम भारतीय अतिक्रमित भूभाग कालापानी क्षेत्र समेटिएको ’चुच्चे नक्सा’सहितको तस्वीर राखेर नयाँ नोट छाप्ने निर्ण

त्यसपछि बैंकले आह्वान गरेको बोलपत्रमा चिनियाँ कम्पनी बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोसनले ३० करोड प्रति नोट छाप्ने ठेक्का पाएको हो ।
गत वर्ष एक सय दरको नोट चीनलाई छाप्ने दिने निर्णय गरेपछि भारतले चर्को असन्तुष्टी जनायो । लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा दुई देशबीच ३५ वर्षदेखि विवाद चलिरहेको र अहिले नेपालले आफ्नो दाबी गरेर सयको नोटमा नयाँ नक्सा छाप्न लागेको भन्दै भारतले असन्तुष्टि पोखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमलेसमेत उल्लेख गरेका थिए । तर,भारत असन्तुष्ट हुनुको मुख्य कारण चाहिँ नोट छाप्ने करोडौंको डलर बराबरको ठेक्का चीनलाई दिएकोप्रति हो ।
लिपुलेक,लिम्पियाधुरा र कालापानीलाई आफ्नो भूभाग दावी गर्न नेपाललाई चीनले उक्साएको भारतीय अधिकारीहरुले अनौपचारिक तर्क गर्दै आएका थिए । सोही कारण चुच्चे नक्सासहितको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिइएको स्थानीय भारतीय नोट छपाइ कम्पनीको एजेन्टमार्फत् उक्त दाबी धेरै ठाउँमा पुर्याइएको थियो ।
साेही क्रममा चुच्चे नक्साबारे अनावश्यक धारणा राखेपछि पूर्व गभर्नर चिरञ्जीवी नेपाल राष्ट्रपतिको आर्थिक सल्लाहकारबाट पदमुक्त भएका थिए । संसदमा समेत चर्को कुरा उठेपछि नेपालले नोटमा चुच्चे नक्सा राख्न नहुने भनी सार्वजनिक सञ्चारमाध्यममा बोलेका थिए ।
टिप्पणीहरू