नेक्सजेनको चुक्ता पुँजी साढे ६२ करोड

नेक्सजेनको चुक्ता पुँजी साढे ६२ करोड

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको चुक्ता पुँजी साढे १२ करोडले बढेको छ । यसअघि ५० करोड चुक्ता पुँजी रहेकोमा हिजो सम्पन्न कम्पनीको विशेष साधारणसभाले साढे ६२ लाख पारित गरेको हो । 

साधारणसभाले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ८०ः २० हुनेगरी साविकको व्यवस्थामा पनि संशोधन पारित गरेको छ । लगानी कम्पनीको रुपमा निकट भविष्यमा सर्वसाधारणमा शेयर जारी गर्नेगरी नेपाल धितोपत्र बोर्डको शर्त पूरा गर्ने तयारी गरिरहेको नेक्सजेनले जनाएको छ । 

नेक्सजेन तीन वर्ष बढीदेखि सञ्चालनमा छ । सञ्चालनयता खुद मुनाफामा रहेको कम्पनीको नेटवर्थ अंकित मूल्यभन्दा बढी रहेकोले विशेष साधारणसभाले तोकेको पुँजी पुर्याउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । 

सभाले प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन तथा सर्वसाधारणलाई शेयर जारी गर्ने सिलसिलामा आवश्यक तयारी र निर्णयको लागि सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ । 

काठमाडौंस्थित आनन्दभूमि इभेन्ट्समा सम्पन्न सभामा एक सयभन्दा बढी शेयरधनीहरुको उपस्थिति रह्यो । सभामा कम्पनीका अध्यक्ष देवेन्द्रप्रताप शाहले प्रतिवेदन पेश गरेका थिए ।

टिप्पणीहरू