देउवाको मुद्दामा सामान्य आदेश

देउवाको मुद्दामा सामान्य आदेश

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संस्थापन पक्षले आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेकोमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अस्वीकर गरेको हो । 

यससँगै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन लक्षित गतिविधि गर्न खुकुलो भएको छ । 

संस्थापन पक्षले माघ ४ गते सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेको हाे । आजको सुनुवाईपछि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

टिप्पणीहरू