पूर्व मुख्यमन्त्री बागी उम्मेदवार

पूर्व मुख्यमन्त्री बागी उम्मेदवार

नेपाली कम्युनिष्ट पार्टीका नेता कुलप्रसाद केसी सोनामले प्रतिनिधिसभा निर्वाचनको लागि दाङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले टिकट नदिएपछि आज उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । 

पार्टीले त्यहाँ मेटमणि चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि केसी असन्तुष्ट बनेका थिए। उनको बागी उम्मेदवारीले चौधरीलाई चुनौती थपिएको देखिन्छ । 

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका केसीको गृह जिल्ला भने रोल्पा हो । उनी बसाइँ सरेर दाङ झरेका हुन् । पछिल्लो समय पार्टीमा राम्रो शक्ति सञ्चय गरेका केसीले अब त्यहाँ चौधरीसहित एमालेका रेवतीरमण शर्मा, कांग्रेसका योगेन्द्र चौधरी र रास्वपाका देवराज पाठकसँग प्रतिस्पर्धा गर्नेछन् ।

टिप्पणीहरू