पूर्व सभामुख र पूर्व उपसभामुखसँग भिड्दै युवराज

पूर्व सभामुख र पूर्व उपसभामुखसँग भिड्दै युवराज

वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले प्रतिनिधिसभा निर्वाचनको लागि झापा क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका छन् । उनले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् । 

नेपालमा प्रखर अधिवक्ता र सक्षम न्यायाधीश उत्पादन गर्दै आएको काठमाडौँ स्कुल अफ लका कार्यकारी निर्देशक समेत रहेका संग्रौलाले नागरिक सर्वोच्चताको लागि उम्मेद्वारी दिएको बताएका छन् । उक्त निर्वाचन क्षेत्रबाट नेकपा (एमाले)ले पूर्व सभामुख देवराज घिमिरेलाई उम्मेद्वार बनाएको छ । भने, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पूर्व उपसभामुख इन्दिरा राना मगरले उम्मेद्वारी दर्ता गराइसकेकी छन् ।

टिप्पणीहरू