विप्लवकाे ब्याक गियर

विप्लवकाे ब्याक गियर

नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव चुनावी प्रतिस्पर्धाबाट ‘ब्याक’ भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनको लागि उनले रोल्पाबाट उम्मेद्वारी दिने तयारी गरे पनि अन्तिम अवस्थामा पछाडि हटेका हुन् । पार्टीले त्यहाँ चुडामणि वली आदर्शलाई उम्मेद्वार बनाएको छ । 

यससँगै रोल्पामा प्रतिनिधिसभा सदस्यको लागि विभिन्न दलका ११ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुन अनन्त, एमालेका गोकुल घर्ती, कांग्रेसका सुदन वली, रास्वपाका बालराम थापा, नेकपा माओवादीकाआदर्श, राष्ट्रिय जनमोर्चाका मेखबहादुर विष्टलगायतले मनोनयन दर्ता गराएका हुन् । 

यसअघि त्यहाँ वर्षमान र विप्लवबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । विप्लवले जनआस्थासँगको कुराकानीमै भनेका थिए, ‘धेरै ठाउँबाट सिफारिस गर्नुभएको छ, मेरो मन चाहिँ रोल्पाबाट चुनाव लडुँ कि भन्ने छ ।’ तर अन्तिम अवस्थामा पार्टीको नेतृत्वपंक्तिले नै चुनावमा भाग नलिने निर्णय गरेको बताइन्छ । तल्लो तहका नेताहरुलाई मात्र उम्मेद्वारको रुपमा अघि सारिएको छ ।

टिप्पणीहरू