इलाम-२ मा डेढ वर्षमा दाेस्राे पटक उम्मेदवारी

इलाम-२ मा डेढ वर्षमा दाेस्राे पटक उम्मेदवारी

नेकपा (एमाले)का युवा नेता सुहाङ नेम्बाङले प्रतिनिधिसभा निर्वाचनको लागि इलाम क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएका छन् । उनले आज निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । 

पूर्व सभामुख सुवास नेम्बाङका छोरा समेत रहेका सुहाङ गत वर्ष वैशाखमा भएको उपनिर्वाचनमा २७ हजार ७ सय ७२ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । त्यतिबेला निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेद्वार डम्बर खड्का ५ हजार ८ सय ३० मतान्तरले पराजित भएका थिए । 

आगामी निर्वाचनको लागि भने कांग्रेसले त्यहाँ भेषराज आचार्यलाई उम्मेद्वार बनाएको छ । त्यस्तै, श्रम संस्कृति पार्टीबाट त्यहाँ सुदिप राईले उम्मेद्वारी दिएका छन् ।

टिप्पणीहरू