घण्टी बजाउँदै, मुन्टो हल्लाउँदै
रास्वपाका केही उम्मेदवारले मनोनयनको दिनदेखि देखाएको व्यवहार र क्रियाकलापलाई स्थानीयले ‘चटक’ को संज्ञा दिएका छन् । नुवाकोटको क्षेत्र नम्बर १ र २ का रास्वपा उम्मेदवारहरु क्रमशः विक्रम तिमिल्सिना र अच्युतम लामिछानेले भेटिएका बूढापाकालाई हजुरबा र हजुरआमा भन्दै जमिनमा मुन्टो टेकेर ढोगेपछि स्थानीयको उक्त प्रतिक्रिया आएको हो ।
तिमिल्सिना र लामिछानेले मनोनयन गर्नुअघि र गरेपछिको दृश्य स्थानीय सञ्चारमाध्यमहरुले प्रशारण गरेका थिए । अनलाइनमा ती दृश्य देखेपछि अधिकांशले नकारात्मक टिप्पणी गरेको पाइन्छ ।
दुप्चेश्वर टिभीको अनलाइन भिडियोमा प्राप्त केही कमेन्ट जस्ताको तस्तै :
‘नझुक्किनुस्,यिनीहरु झन् प्रमाणित ठगहरुको ग्याङ्ग हो ।’, ‘नेता थोरै, नाटककार धेरै जस्तो छ !!’, ‘घण्टेहरुको चटक ! अनि राष्ट्रिय झण्डाचाहिँ पेवा हो रे त यिनको ?’,आजबाट नाम फेरिएको छढलान टोली । मान्छे नभएसी ढलान पार्टीले दुईतिर त्यही मान्छे लगेर गर्छ ठग हरुसित मान्छे नहुनि भयर दुबै पटि यउटा लाजको पसारो जन्ता अब झुकिन्न खरानि टोलि अब बाठा छन ।’, ‘पाच हजार मत कटाएर देखाउनु ।’
‘अहिले भोट चाहिदा छोरो आयो नाति आयो भोलि जिते पछि बा आमाले हामि आयौ छोरो भन्दा को छोरो को नाति भन्छन चिन्या छ्म हामिले नि चुनाव को माहोल मा कस्तो रुप हुन्छ र जिते पछि कस्तो रुप हुन्छ ।’, ‘नयाँ जोगिले खरानी धेरै घस्छ भनेको हो रैछ ।’, ‘हिजो घरको जन्मदिन बावाको पाउमा शिर नझुकाउने हरु आज ढोगदे हिडेका छन ।’, ‘ठकहरुको पार्टी बाट जोगिनु होला सबै ।’
टिप्पणीहरू