देशभर कति र कस्तो पर्यो उम्मेदवारी ?
आउँदो फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । देशभर उत्साहजनक रुपमा हिजो मनोनयन दर्ता भएको हो । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ १६५ सिटका लागि तीन हजार ४८६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
जसमा पुरुष तीन हजार ८९ जना छन् । उम्मेदवारी दर्ता गर्ने महिलाको संख्या जम्मा ३९६ छ । एक जना तेस्रो लिङ्गीले पनि मनोनयन दर्ता गरेका छन् । उमेरअनुसार सबैभन्दा कम उम्मेदवारी वृद्धको परेको छ ।
क जना तेस्रो लिङ्गीले पनि मनोनयन दर्ता गरेका छन् । उमेरअनुसार सबैभन्दा कम उम्मेदवारी वृद्धको परेको छ
६१ वर्षभन्दा माथिका ४३६ जनाले उम्मेदवारी दिएका छन् । युवा उमेर समूह अर्थात २४ देखि ४० वर्षसम्मका एक हजार ८२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । ४१ देखि ६० वर्षसम्मका एक हजार ९६८ जना रहेका छन् ।
सबैभन्दा बढी उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा परेको छ । सो क्षेत्रमा ४५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

टिप्पणीहरू