बालेन साहसँग राजा ल्याउने सल्लाह
केपी ओलीलाई हराएर प्रधानमन्त्री बन्छु भन्दै चुनाव लड्न झापा-५ पुगेका काठमाडौँ महानगरका पूर्वमेयर बालेन्द्र साहले भोट माग्न शुरु गरेका छन् ।
हिजो उम्मेदवारी मनोनयन दर्ता गरेपछि भाषणसमेत नगरी भीडबाट फुत्किएका उनले आजदेखि मतदातासँग संवाद थालेका हुन् । बालेन्द्र र उनको टोलीले स्थानीयका गुनासा सुन्दै हिँडेको छ ।
त्यसैक्रममा एक वृद्ध मतदाताले उनीसँग राजा फर्काउन माग गरेका छन् । सार्वजनिक एक भिडियोमा घण्टी चिन्हअंकित लोगो लगाएका ति वृद्ध भन्छन्- 'अब राजा पनि ल्याउनुपर्छ कसो कुरा ?' वृद्धको जिज्ञासामिश्रित प्रश्नमा बालेन्द्रले मुस्काउँदै मुन्टो हल्लाएको देखिन्छ ।
यता डायरी लिएर टिपोट गर्न बसेका अर्का व्यक्तिले कुरा मिलाउन खोज्दै 'जनताले जे भन्छन्, त्यहि हुन्छ' भनेको सुनिन्छ । त्यसपछि ति वृद्धले झन् हौसिँदै र बालेन्द्रलाई धाप मार्दै राजा चाहियो कि चाहियो भनेको छोटो भिडियो क्लिप यतिबेला भाइरल भएको छ ।
टिप्पणीहरू