निर्वाचन आयोगमा सबै सुरक्षा कमाण्डर
सरकार,निर्वाचन आयोगका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ । काठमाडौं महानगरपालिका–२७, कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा आज दिँउसो आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सुरक्षा व्यवस्थाबारे छलफल भएको हो ।
छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निमित्त आयुक्त जानकीकुमारी तुलाधर र सगुन रानाको उपस्थिति थियो ।
टिप्पणीहरू