प्राइमरी इलेक्सनका नाममा घण्टीले २५ हजार उठाएको आरोप

प्राइमरी इलेक्सनका नाममा घण्टीले २५ हजार उठाएको आरोप

निर्वाचनको क्रममा मतदातालाई सचेत हुन आग्रह गरिएको एक सामाजिक सञ्जाल पोस्टमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीलाई लिएर प्रश्न उठाइएको छ ।

रास्वपाका भूतपूर्व सांसद आसिफ साहले फेसबुकमा चुनावमा भोट माग्न आउने जो–कोही उम्मेदवारलाई एजेण्डा र आगामी पाँच वर्षको ‘रोडम्याप’बारे नहिच्किचाई प्रश्न उठाई आग्रह गरेपछि प्रतिक्रिया जनाउनेले ‘लौ नापियो’ सम्म भन्न भ्याएका छन् ।

‘लु नापियो,प्राइमरी इलेक्सन भन्दै प्रत्येक आकांक्षीसँग २५ हजार रुपैयाँ उठाएर बाटोबाटोमा टिकट बटुली हिँड्नेसँग यस्ता कुरा सोध्न सिकाउने नैतिक धरातल छ अझै ?’ 

आसिफले रास्वपा उम्मेदवार भोट माग्न आए पनि उनीहरूको योजना र दृष्टिकोणबारे सोधपुछ गर्नुपर्ने उल्लेख गरेका छन् । लेखेका छन्,‘हाम्रो एउटा प्रश्नले नै सही नेतृत्व चयन गर्न मद्दत पुर्याउँछ ।’ 

उनको पोस्टमा प्रतिक्रिया जनाउँदै माधव खत्री लेख्छन् ‘लु नापियो,प्राइमरी इलेक्सन भन्दै प्रत्येक आकांक्षीसँग २५ हजार रुपैयाँ उठाएर बाटोबाटोमा टिकट बटुली हिँड्नेसँग यस्ता कुरा सोध्न सिकाउने नैतिक धरातल छ अझै ?’ खत्रीको यो टिप्पणीले रास्वपाको उम्मेदवार छनोट प्रक्रिया र ‘प्राइमरी इलेक्सन’को नाममा भएका कतिपय गोप्य लेनदेनको आरोपलाई बाहिर ल्याइदिएको धेरैको बुझाइ छ ।

टिप्पणीहरू