सबै श्रेणीहरू

झापा ५ को पछिल्लो अवस्थाबारे स्थानीय विश्लेषक के भन्छन्...?

झापा ५ को पछिल्लो अवस्थाबारे स्थानीय विश्लेषक के भन्छन्...?

-नुतन गौतम,गौरादह 

झापा -५ को तात्कालिक चुनावी नतिजा के आउला भनेर अहिले नै  केही भन्न सकिने देखिँदैन । बालेनको स्वागतका नाममा भीड त उर्लियो,जसमध्ये कतिपय जनकपुर र बिराटनगरदेखि त्यहाँ गएको खुलेको छ । दमकको सडकमा हिजो बौद्धिकभन्दा ‘बाहुबली’ र ‘सामाजिक सञ्जाल’ प्रेमी धेरै देखिए ।

चुनावी प्रचारका लागि दमकमा भाडामा लिइएका चार वटा घरलाई ‘बिदेशी  स्टाइल’ले सजाइएको छ । घण्टीको कामकारबाही ‘जेन जी स्टाइल’ मा अघि बढाइएको देखिन्छ । स्थानीयले बालेन समूहको प्रचार अभियानलाई कम्तीमा एक हप्ताभित्र मूल्याङ्कन गरिसक्नेछन् ।