पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुर जाने कार्यक्रम तय भएको छ । शाहको सम्वाद सचिवालयले उहाँ र पूर्व रानी कोमल जनकपुरस्थित जानकी मन्दिरमा पूजापाठका लागि आगामी सोमबार काठमाडौंबाट त्यता जाने जनाएको छ ।
यता राजनीतिक दलका नेताहरु हिजो उम्मेदवारी मनोनयनपछि आज राजधानी फर्केका छन् । रुकुम पूर्व पुगेका नेकपा संयोजक पुष्कमल दाहाल प्रचण्ड पनि राजधानी आइपुगेका छन् ।
हिजो पर्सा जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर राति चितवन निर्वाचन क्षेत्र नम्बर २ पुगेका रास्वपा सभापति रवि लामिछाने आज दिउँसो १ बजे बुद्ध एअरको उडानमा काठमाडौं आए । उनी अस्ति बेलुकी जनकपुरबाट सोझै वीरगञ्ज गएका थिए । उक्त अदालतमा पनि सहकारी ठगी मुद्दाको पेशी थियो ।