आउँदो फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने कानुन व्यवसायीको संख्या पनि उल्लेख्य रहेको पाइएको छ । तीन दर्जन कानुन व्यवसायीले मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौं–५ मा अधिवक्ता कल्पना शर्मा, भक्तपुर–१ मा हरिराम लवजु र किरण न्यौपाने, काठमाडौं–१ मा कमल कोइराला, सिन्धुली–१ मा डेकेन्द्रप्रसाद सुवेदी, मोरङ–१ मा यज्ञमणि न्यौपाने, चितवन–३ मा सोबिता गौतम, कालिकोटमा धर्मराज न्यौपाने, रुपन्देही–५ मा केशव भट्टराईले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी, झापा–२ मा वरिष्ठ अधिवक्ता प्रा.डा.युवराज संग्रौला, स्वागत नेपाल, काठमाडौं–४ मा डा.सुरेन्द्र भण्डारी, काभ्रे–१ मा माधवप्रसाद चौलागाईँ, बारा–१ मा गणेश धिमाल, सप्तरी–४ मा ताराप्रसाद तिमल्सिना, इलाम–२ मा सुहाङ नेम्वाङ, मोरङ–६ मा विनोद ढकाल, मकवानपुर–२ मा महेश बर्तौलाको उम्मेदवारी परेको छ ।
अधिवक्ता भानुभक्त ढकालले तेह्रथुम, भूमि त्रिपाठीले धादिङ–१, गोकर्ण विष्टले गुल्मी–२, खिमलाल भट्टराईले रुपन्देही–५, कल्पना राईले सोलुखुम्बु, लिलानाथ श्रेष्ठले सिराहा–३, अच्युत मैनालीले बारा–१, माधव ढुंगेलले रामेछाप, शेरबहादुर तामाङले सिन्धुपाल्चोक–२, आरसी लामिछानेले गोरखा–२, रश्मि आचार्यले कास्की–२ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
नवलपुर–२ मा अधिवक्ता मनिष खनाल, रुपन्देही–२ मा सुलभ खरेल, मकवानपुर–१ मा विजय गौतम, मोरङमा डा. देउमान सुम्बाहाम्फ, भक्तपुरमा विक्रम थापा र रुपन्देही–१ मा डा.श्री कुँवरको उम्मेदवारी दर्ता भएको छ ।