पूर्व सचिवसँग पाँच लाख माग
भ्रष्टाचारमा मुछिएकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व अतिरिक्त सचिव डा.संगीता कौशल मिश्रासँग पाँच लाख रुपैयाँ धरौटी मागिएको छ ।
विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा आज भएको थुनछेक बहसपछि उनलाई धरौटीमा रिहा गर्न आदेश भएको हो ।
आदेशमा भनिएको छ, ‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाललाई यी प्रतिवादी संगीता कौशल मिश्रालाई प्रस्तुत मुद्दाको पुर्पक्षको लागि नगद धरौटी रु.पाँच लाख वा सो बराबरको बैंक जमानत लिई निजलाई तारिखमा राख्नू ।’
स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा मिश्रासहित १४ जनाको मिलेमतोमा थ्रीडी मेमोग्राफी मेसिन खरिदमा १४ करोड बढी भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत कात्तिक २ गते मुद्दा चलाएको थियो ।
टिप्पणीहरू