एनसेलको ‘क्रिएटर्स मेला’

एनसेलको ‘क्रिएटर्स मेला’

दूरसञ्चार सेवा प्रदायक एनसेलले ‘क्रिएटर्स मेला’ आयोजना गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा एनसेलले विभिन्न तीन शहरमा सो मेला आयोजना गरेको हो ।

गत माघ ३ गते चितवनबाट शुरु भएको मेला माघ १० गते नेपालगञ्ज र माघ १६ र १७ गते काठमाडौंमा हुँदैछ । निःशुल्क सहभागी हुन पाइने यो मेलाले नेपालमा बढ्दो कन्टेन्ट क्रिएटरहरुलाई व्यावहारिक सिकाई, व्यावसायिक सम्पर्क तथा सहकार्यको अवसर प्रदान गर्ने एनसेलको विश्वास छ ।

सन् २०२३ देखि शुरु भएको क्रिएटर्स मेलाको साझेदारका रुपमा एनसेलले सहयोग गर्दै आएको छ । ‘भिजन टु भेन्चर’ नारा रहेको यो वर्षको मेलामा सहभागीका योजनालाई कार्यान्वयनयोग्य सीप तथा वास्तविक अवसरमा बदल्न केन्द्रित रहने एनसेलले जनाएको छ । 

‘यो मेलाले उदीयमान तथा स्थापित क्रिएटरहरुलाई डिजिटल कन्टेन्टको युगमा सबैभन्दा महत्त्वपूर्ण अनि प्रभावशाली सामग्री सिर्जनाका निम्ति आफ्नो सीप तिखार्न अवसर प्रदान गर्नेछ,’ एनसेलकी कर्पोरेट कम्युनिकेशन एण्ड सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले भनिन् । 

अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले क्रिएटर्स मेलाले सिर्जनात्मक सामग्रीसँगै नेपालको अर्थतन्त्रसमेत सुदृढ बनाउन सहयोग पुर्याउँदै आएको बताए । 

‘हामीले यसमार्फत नेपाली क्रिएटरहरुको प्रभाव स्थानीयस्तरमा मात्र सीमित नगरी अमेरिकी व्यवसायिक साझेदार तथा विश्व बजारमा समेत सफलता प्राप्त गर्न सक्नेगरी तयार पार्दैछौं, यसले गहिरो आर्थिक सम्बन्ध र साझा समृद्धिलाई प्रोत्सहान गर्नेछ,’ उनले भने । 

मेलाकै अवसरमा एनसेलले भिडियो प्रतिस्पर्धा पनि सञ्चालन गरिएको छ । जसमा दर्ता भएका सहभागीले आफ्नो सीप देखाएर पुरस्कार जित्न सक्छन् । एनसेलका अनुसार मेलाका सहभागीलाई इन्स्टाग्राम र टिकटकमा एक मिनेटको भिडिओ अपलोड गर्न प्रोत्साहन गरिएको छ । 

क्रिएटरहरुले एनसेल फोरजीले ‘तपाईंको जीवन कसरी सजिलो बनाउँछ’ भन्ने विषयमा केन्द्रित रहेर भिडियो बनाउनुपर्ने छ । साथै, एनसेल र आफू सहभागी शहरलाई ह्यासट्याग गरेर भिडियो अपलोड गर्नुपर्नेछ । 

मेलाबीच प्रत्येक शहरमा एक जना विजेता छनौट गरिनेछ । विजेताहरुलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ नगद पुरस्कार दिइनुका साथै आगामी दिनमा एनसेल फाउन्डेसनद्धारा आयोजना हुने क्रियाकलापमा सहभागी हुन अवसर पनि प्रदान गरिने जनाएकाे छ ।

टिप्पणीहरू