जेन जी मन्त्रीले किन लेखेनन् श्रीमतीको नाम ?

जेन जी मन्त्रीले किन लेखेनन् श्रीमतीको नाम ?

चार महिना सञ्चारमन्त्री रहेर अस्ति राति राजीनामा दिएका जगदीश खरेलले ललितपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । कुनै राजनीतिक दलसँग आबद्धता नरहेको बताउँदै सुशीला कार्की नेतृत्वको सरकारमा गएका उनी हिजो रास्वपा कार्यालय पुगेर सदस्यता लिएपछि उम्मेदवारी दर्ताका लागि ललितपुर २ पुगेका थिए । 

उम्मेदवारीको मनोनयन फारम भर्ने क्रममा खरेलले श्रीमतीको नाम खाली राखेका छन् । उम्मेदवारले सबै विवरण भर्नुपर्ने नियम छ । पारिवारिक विवरणमा उनले आमा,बाको नाम, आफ्नो उमेरलगायत सबै विवरण लेखे पनि श्रीमतीको नाम नलेखेपछि निर्वाचन अधिकृतको कार्यालयले साँझ प्रकाशित गरेको विवरणमा श्रीमतीको नाम खाली देखिएको हो ।

पारिवारिक स्रोतका अनुसार खरेलकी एक श्रीमती र एक छोरा छन् । श्रीमती थापाथलीस्थित प्रसुती गृहमा कार्यरत रहेको बताइन्छ ।

टिप्पणीहरू