सबै श्रेणीहरू

बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

मेयरको कार्यकालभर काठमाण्डौ र पोखराकेन्द्रित बालेन साहले रास्वपा उपसभापति तथा झापा ५ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि देश दर्शन गर्ने मौका पाएका छन् । यसै क्रममा उनी अहिले इलामबाट पूर्व उत्तर लागेका छन् । उनी बिहान ९ बजे इलामको चियाबारी कटेजबाट बागमती प्रदेश अन्तर्गत ०१ ३३ च ४३४३ नम्बरको गाडीमा पाँचथर गएको बुझिएको छ । 

हिजो बेलुकी झापाबाट इलाम पुगेका थिए । आज मध्यान्ह पाँचथरको राजधानी फिदिममा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको छ । आजै ताप्लेजुङ सदरमुकाममा दिउँसो ३ बजे र्याली निकाल्ने भनिएको छ ।

राति पाथिभरा मन्दिर जाने क्रममा ठूलोफेदीमा बास बस्ने र भोलि बिहान पाथिभराको पूजा गरेर चुनावी प्रचारमा निस्क्ने उनको टोलीका सदस्यहरुले जनआस्थालाई बताए ।