सबै श्रेणीहरू

अरुले देखाउँदा बालेनले किन लुकाए ?

अरुले देखाउँदा बालेनले किन लुकाए ?

एउटै पार्टीको कसैले देखाउने,कसैले लुकाउने ! प्रसंग रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हो । ‘जान्नेलाई छान्ने’ पार्टीका केही नेताले शैक्षिक योग्यता ढाँट्दा केहीले आफूले पढेको शैक्षिक संस्थाको नाम लुकाएका छन् । 

आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार सभापति लामिछानेले मनोनयन दर्ता गर्दा आफ्नो सम्पूर्ण विवरण खुलाएका छन् । उनले उम्मेदवारले भर्नुपर्ने कुनै पनि ठाउँ खाली छाडेका छैनन् ।

फेसबुकमा छिनछिनमा स्ट्याटस लेखेर अनेक टिप्पणी गर्न सक्ने उनलाई श्रीमती र आफैंले पढेको शैक्षिक संस्थाको नाम लुकाउनुपर्ने के बाध्यता आइलाग्यो ? प्रश्न उठेको छ । 

यता, रास्वपा उपसभापतिसमेत रहेका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेले पनि सबै विवरण खुलाएरै फाराम भरेका छन् । अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट पिएचडी गरेका उनले वैयक्तिक विवरणमा श्रीमतीको नाम पनि उल्लेख गरेका छन् ।

तर, झापा क्षेत्र नम्बर ५ बाट उठेका वरिष्ठ नेता बालेन्द्र (बालेन) साहले भने शैक्षिक संस्था र श्रीमतीको नाम छोपेका छन् । शैक्षिक योग्यता हासिल गरेको संस्था र श्रीमतीको विवरण भर्ने ठाउँ खाली राखिएको छ । 

एउटै पार्टीका अरुले खुलाउँदा बालेनले किन लुकाए ? फेसबुकमा छिनछिनमा स्ट्याटस लेखेर अनेक टिप्पणी गर्न सक्ने उनलाई श्रीमती र आफैंले पढेको शैक्षिक संस्थाको नाम लुकाउनुपर्ने के बाध्यता आइलाग्यो ? प्रश्न उठेको छ । 

निर्वाचन आयोगले पति–पत्नीको नाम लेख्ने–नलेख्ने आफ्नो स्वेच्छा भएको बताएको छ । तर,शैक्षिक संस्थाको नाम भने उल्लेख गर्नुपर्नेछ ।

उनले शैक्षिक योग्यता पनि ढाँटेको खुलेको छ । फाराममा माथिल्लो शैक्षिक योग्यता उल्लेख गर्न भनिएको छ । त्यसमा बिटियु लेखेका छन् । त्यो भनेको स्नातक तह हो । ह्वाइट ह्वाउस इञ्जिनियरिङ कलेजबाट स्नातक सकाएका उनी स्नातकोत्तर अध्ययनका लागि भारत गएका थिए । 

बेंगलरुको भिसभेसभराया टेक्नोलोजिकल युनिभर्सिटीबाट स्नातकोत्तर सकाएका छन् । पिएचडी अध्ययनका लागि काठमाडौं युनिभर्सिटीबाट फेलोसिप पाएको भनी उनी आफैंले सार्वजनिक गरेका थिए । पिएचडी गर्न लागेका उनले आफ्नो शैक्षिक योग्यता किन घटाए ? 

फेसबुकमा छिनछिनमा स्ट्याट्स लेखेर दुनियाँलाई गाली गर्न सक्ने उनलाई श्रीमती र आफैंले पढेको शैक्षिक संस्थाको नाम लुकाउनुपर्ने के बाध्यता आइलाग्यो ? प्रश्न उठेको छ । उनले योग्यता घटाइरहँदा रास्वपाकै अर्की एक उम्मेदवारले बढाएकी छन् । 

चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार सोबिता गौतमले अध्ययन नै नगरेको शैक्षिक योग्यता उल्लेख गरेकी छिन् । विवाहित गौतमले श्रीमानको नाम लेखेकी छैनन् । निर्वाचन आयोगले पति–पत्नीको नाम लेख्ने–नलेख्ने उम्मेदवारको स्वेच्छा भएको बताएको छ । तर, शैक्षिक संस्थाको नाम भने उल्लेख गर्नुपर्नेछ ।