आगामी प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलाेपा)ले कर्णालीका आठ जिल्लामा तालमेल गर्ने भएका छन् । एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्गा सोवले आज तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
कर्णालीका १० जिल्लामध्ये हुम्ला र जुम्लाबाहेकका जिल्लामा चुनावी तालमेल हुने सहमति भएकाे हाे । सहमतिअनुसार रुकुम पश्चिमा एमालेले प्रलोपाका संरक्षक समेत रहेका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार जनार्दन शर्मालाई समर्थन गर्ने बताइएको छ । रुकुम पूर्वमा पनि नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्न लागेका प्रलोपाका उम्मेद्वार सन्दिप पुनलाई एमालेले समर्थन गर्ने बताइन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार चुनावी तालमेल गरिने बताएका थिए ।