नेपालगञ्जमा चुनावी प्रचारको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रयोग गरेको गाडी झण्डै दुर्घटनामा परेको छ । पार्टीका वरिष्ठ नेता बालेन साहलाई स्वागत गर्न नेपालगञ्ज विमानस्थल पुगेका युवाहरु चढेकाे गाडी ठूलो दुर्घटना हुनबाट जोगिएको हो ।
बालेनलाई पछ्याइरहेको गाडी तिब्र गतिमा हुइँकिदा डिक्कीमा बसेका एक दर्जन युवाहरु भुइँमा खसेका थिए । भने, गाडीले झण्डै अन्य युवाहरुलाई पनि ठक्कर दिएको थियो । ठूलो मानवीय क्षति भने भएन । गाडीबाट खसेका युवाहरु समान्य घाइते भएको बताइएको छ ।
बालेन अहिले बर्दियातिर लागेका छन् ।