प्रवास

बिदेशबाट बिप्लवलाई बेद बोहराको खुल्ला पत्र

कमरेड नेत्रबिक्रम चन्द “बिप्लव” नेकपा, हेडक्वार्टर कमरेड,तपाइँलाई थुप्रै पत्र लेखियो । पुग्यो पुगेन थाहा भएन । कुनै रेस्पोन्स पनि आएन । सायद पुगेन होला । बीचैमा हाम्रो पत्रहरु अलपत्र परेजस्तो लाग्यो । मलाई थाहा छ,तपाइँ एउटा सम्भावना बोकेको नेता हुनुहुन्छ । तपाइँसंग मजदुरहरुको क्याम्प क्याम्पमा गएर मजदुरहरुले पकाएका खानाहरु सङ्गै खाएको छु । तपाइँको इमान्दारितामा प्रश्न उठाउने ठाउँ खासै देख्दिन । तर क्रान्तिलाई अगाडि बढाउने सवालमा तपाइँ मात्रै सक्षम भएर हुँदैन । सिङ्…