आइएमएस ग्रुपका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य बीमा

आइएमएस ग्रुपका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य बीमा

विश्वव्यापी कोरोना माहामारीको क्रममा आइएमएस ग्रुपको कम्पनीले आफ्ना सबै कर्मचारीहरूलाई उनीहरुको जीवन सुरक्षाका लागि विश्वव्यापी कोविड १९ बिरूद्ध आज जेठ १ गते देखि लागु हुने गरि बीमा सुविधा प्रदान गरेको छ ।

कम्पनीले प्रति कर्मचारीलाई एक लाख रुपैयाँको स्वास्थ्य बीमा प्रदान गरेको छ । यदि कुनै कर्मचारीलाई कोरोना भाईरस लागेको देखिएमा यस बीमाले कर्मचारीलाई आर्थिक सहयोग गरिने कम्पनीका प्रेसिडेण्ट् एण्ड सिइओ दिकेश मल्होत्राले बताउनु भयो ।

आइएमएस ग्रुपले कम्पनीका प्रत्येक कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिएका छन् । विशेष गरी यस्तो कठिन समयमा कम्पनीले सबै कर्मचारीहरूको हेरचाह गर्नु कम्पनीको सबैभन्दा ठूलो उत्तरदायित्व हो । यस्तो महत्वपूर्ण समयमा उनीहरूको आर्थिक भार घटाउन र उचित उपचारका लागि सहयोग पु-याउन कोरोनाभाइरस बिरुद्द स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने निर्णय कम्पनीले गरेको प्रसंशा योग्य छ ।

आइएमएस ग्रुपको आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो । यस ग्रुप अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् । आईएमएस सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । आईएमएस ग्रुपका कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप प्राप्त गरेको छ र हालसालै नेपालका लागि डक्टरब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिप प्राप्त गरेको छ । यसले शिक्षा, बैंकिङ्ग, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।

टिप्पणीहरू