आज महिला युरो कप फाइनल, इङ्गल्यान्ड र जर्मनी भिड्ने

आज महिला युरो कप फाइनल, इङ्गल्यान्ड र जर्मनी भिड्ने

आज राति इङ्गल्यान्ड र जर्मनी महिला युरो कप–२०२२ को फाइनल खेल खेल्दै छन् । आठ पटक फाइनल जितेको जर्मनी पुनः जीतको अर्को कीर्तिमान थप्न चाहन्छ भने आयोजक राष्ट्र इङ्गल्यान्ड महिला विश्व फुटबलमा नयाँ इतिहास रच्ने दाउमा छ ।

आजको खेल त्यही मैदानमा हुनेछ जहाँ सन् १९६६ को विश्वकपमा इङ्गल्यान्डको पुरुष टोलीले जर्मनीलाई हराएर उपाधि हासिल गरेको थियो ।

इङ्गल्यान्डले स्वीडेनलाई ४–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो । जर्मनीले फ्रान्सलाई २–१ गोलले हराउँदै इङ्गल्यान्डसँग भेट पक्का गरेको थियो । खेल आज राति पौने १० बजे सुरु हुनेछ ।

टिप्पणीहरू