स्कुल बस चलाउनेहरु धमाधम कारबाहीमा
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १४ जना स्कुल बसका चालकमाथि कारबाही गरेको छ । मादक पदार्थ सेवन र अन्य विभिन्न कसूरमा कार्यालयले उनीहरुलाई कारबाही गरेको हो । विभिन्न स्थानबाट आज बिहानदेखि अहिलेसम्म १४ जना चालक कारबाहीमा परेको कार्यालयले जनाएको छ ।
जसमध्ये ६ जना मादक पदार्थ सेवन गरी बस चलाएको अवस्थामा भेटिएको र न्यलाई भने विभिन्न कसूरमा नियमानुसार कारबाही गरेको कार्यालयको भनाइ छ । स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङघन गर्ने चालकलाई ट्राफिक प्रहरीले चेकजाँच गरेर कारबाही गरेको हो ।
ट्राफिक प्रहरीले गत साउन ८ गतेदेखि स्कुलका सवारी साधनहरुलाई कारबाही तथा सचेत गराउने अभियान सञ्चालनमा ल्याएको छ । यस कार्यलाई थप निरन्तरता दिने कार्यालयको भनाइ छ ।
टिप्पणीहरू