मुलुकमा पहिलो मानव दुध बैंकको स्थापना
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा मानव दुध बैंकको स्थापना गरिएको छ । आज अस्पतालको ६३ औं वार्षिकोत्सवको अवसरमा उक्त जानकारी दिइएको छ ।
अस्पतालले आज मनाएको ६३ औं वार्षिकोत्सव समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले अस्पतालले शिशुहरुलाई अत्यावश्यक आमाको दुध भण्डारण गर्ने क्षमता विकास गरेकोमा बधाइ दिनुभएको छ ।
छ दशकअघि ४० शैयाबाट शुरु भएको उक्त अस्पताल अहिले आठ सय ४० बेड क्षमताको भएको छ ।
टिप्पणीहरू