दिदीबहिनीका लागि दाजुभाइ भोकै बस्ने दिन दुई जिल्लामा बिदा
सुदूरपश्चिम प्रदेश सरकारले अतवारी पर्वको अवसरमा पर्सि आइतवार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले थारु समुदायले मनाउने सो पर्वमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
हिजो बसेको क्याबिनेट बैठकले यसअघि १९ गतेका लागि गरेको बिदाको निर्णय हेरफेर गर्दै आइतबार १२ गतेका लागि सारेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत विष्णुदत्त अवस्थीले जानकारी दिए । उनले दुवै जिल्लाका सरकारी कार्यालय र सार्वजनिक निकायमा आगामी आइतबार बिदा दिइएको बताए ।
थारु समुदायका पुरुषले आफ्नो दिदीबहिनीको लागि यो पर्वमा व्रत बस्ने चलन छ । उनीहरुले आफ्ना दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पानीसमेत नखाई यो पर्व मनाउछन् ।
टिप्पणीहरू