हामीसँग कसरी लड्दा रहेछन् हेरौंला : एमाले अध्यक्ष ओली

हामीसँग कसरी लड्दा रहेछन् हेरौंला : एमाले अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो दल नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न सत्तारुढ दलहरुलाई सहज नरहेको टिप्पणी गर्नुभएको छ । उहाँले एमालेको लोकप्रियताको कारण सत्तामा बसेकाहरुले गठबन्धन थप्दै गएको बताउनुभएको छ ।

ओलीले हिजो च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उक्त धारणा राख्नुभएको हो । अस्तिदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठक अघि पार्टी प्रवेश कार्यक्रम राखिएको थियो । जसमा ओखलढुंगाका माओवादी जिल्ला कमिटी सदस्य सुजन रुम्दालीको नेतृत्वमा ३७ जना रहेको जानकारी दिइएको छ ।

त्यसैगरी घर फर्क अभियानअन्तर्गत धनुषाबाट नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य सोमप्रसाद शर्माको नेतृत्वमा ४० जना र झापाबाट लोसपाका केन्द्रीय सदस्य रामनारायण गिरीको नेतृत्वमा २० जना गरी कूल ९७ जना पार्टी प्रवेश गरेको बताइएको छ ।

टिप्पणीहरू