शारीरिक अशक्तता भएकालाई दैलोमा नागरिकता

शारीरिक अशक्तता भएकालाई दैलोमा नागरिकता

जिल्ला प्रशासन कार्यालय, दार्चुलाले शारीरिक अशक्तता भएकालाई घरदैलोमा पुगेर नागरिकता दिन थालेको छ । असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई प्रशासनले घरदैलोमा पुगेर नागरिकता वितरण गर्न थालेको जानकारी दिइएको छ ।

लामो समयदेखि हिँडडुल गर्न नसक्ने भएर नागरिकता पाउनबाट वञ्चित ६६ वर्षीय जयसिंह महरलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले महाकाली नगरपालिका ३, बाँजस्थित महरको घरमा पुगेर नागरिकता हस्तान्तरण गरेकी हुन् ।

वडा कार्यालयले महरको अवस्थाबारे जानकारी गराएपछि सहायक प्रजिअ साउँदसहित प्रशासन टोली उनको घरमै पुगेको हो । कार्यालयबाट सेवा प्राप्त गर्न असमर्थ सेवाग्राहीलाई घरदैलोमै पुगेर सेवा गर्न तत्पर रहेको प्रशासनले जनाएको छ ।

टिप्पणीहरू