पेस्तोल नपड्केपछि अर्जेन्टिनाकी उपराष्ट्रपति बाँचिन्
अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई गोली हानि मार्ने प्रयास असफल भएको छ। आक्रमणकारीले उनलाई लक्षित गरेर बन्दुक तेर्साएका थिए । तर पेस्तोल जाम भएर नपड्किएपछि बच्न सफल भएकी हुन्।
क्रिस्टिना फर्नान्डेज अदालतको बयान सकेर फर्किएपछि आफ्नो घरबाहिर समर्थकहरूसँग भेटघाट गरिरहेकी थिइन्। सोही क्रममा एक व्यक्तिले उनको अनुहारमा पेस्तोल तेर्साएका थिए । राष्ट्रपति कार्यालयका अनुसार पेस्तोलमा पाँच वटा गोली लोड गरिए पनि जाम भएका कारण नपड्किएको हो।

फाेटाे स्राेत : सिएनएन
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उपराष्ट्रपति क्रिस्टिना समर्थकहरूसँग भीडमा रहेको बेला एक व्यक्तिले उनको टाउकोमा पेस्तोल ताकेको देखिन्छ। घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका ३५ वर्षीय ब्राजिलियन नागरिक भएको प्रहरीले जानकारी दिएको छ। उपराष्ट्रपति फर्नान्डेज भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेकी छन् । हिजो घटना हुनुअघि उनी अदालतबाट घर फर्किएकी थिइन् । भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएकी उनलाई गोली हानेर हत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।

फाेटाे स्राेत : सिएनएन
टिप्पणीहरू