सन्दीप लामिछानेलाई छोडेर नेपाली क्रिकेट टोली काठमाडौँ फर्कियो

सन्दीप लामिछानेलाई छोडेर नेपाली क्रिकेट टोली काठमाडौँ फर्कियो

अन्तर्राष्ट्रिय टी-२० र एक दिवसीय क्रिकेट शृङ्खला खेल्न केन्या पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको टोलीलाई क्यानका पदाधिकारीहरूले स्वागत गरे ।

केन्यासँग पाँच खेलको टी-२० शृङ्खला र तीन एकदिवसीय खेल खेलेर नेपाली टोलि स्वदेश फर्किएको हो । नेपालले दुवै शृंखला जितेको थियो ।

टी-२० शृङ्खला खेलेर कप्तान सन्दीप लामिछाने भने क्यारेबियन प्रिमियम लिग खेल्न वेष्टइन्डिज गएपछि एकदिवसीयमा नेपालको कप्तानी रोहितकुमार पौडेलले गरेका थिए । उनको नेतृत्वमा नेपालले एक दिवसीय शृङ्खलाका तीनवटै जित निकालेको थियो ।

यता, लामिछानेमाथि एक नाबालिग किशोरीले जवर्जस्ती करणी गरेको आरोपमा प्रहरीमा किटानी जाहेरी दिएकी छिन् । भदौ ६ गते केन्या जानुअघि ५ गते राति लामिछानेले गौशालाको एक होटलमा लगेर आफूलाई बलात्कार गरेको किशोरीको आरोप छ । कप्तान लामिछाने अहिले वेष्टइन्डिजमै छन् ।

टिप्पणीहरू