कोरोना पत्ता लगाउने नयाँ एप 

कोरोना पत्ता लगाउने नयाँ एप 

नेदरल्याण्ड्सका वैज्ञानिकहरुले कोभिड–१९ संक्रमण पत्ता लगाउने नयाँ मोबाइल एप बनाएका छन् । उनीहरुले कृत्रिम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहायताले मानिसको आवाजको विश्लेषण गरेर कोरोना संक्रमण पत्ता लगाउन सक्ने नयाँ मोबाइल एप बनाएका हुन् ।

नेदरल्याण्ड्सको मास्ट्रिच युनिभर्सिटीको इन्स्टिच्युट अफ डाटा साइन्सका अन्वेषकहरूले यो एप अन्य एन्टिजेन परीक्षणभन्दा तुलनात्मक रूपमा सस्तो र छिटोका साथै प्रयोग गर्न सजिलो हुने बताएका छन् ।

उनीहरुका अनुसार यो एप कम आय भएका देशमा उपयोगी हुन सक्छ । ती मुलुकमा आरटी–पीसीआर परीक्षण निकै महँगो छ । एआई मोडलले ८९ प्रतिशत सत्य देखाउने वैज्ञानिकहरुको दाबी छ ।

टिप्पणीहरू