साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्ने

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्ने

काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी ५ बजे सुरु हुने खेलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

यसअघि सेमिफाइनलमा अघिल्लो सिजनको बिजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो । बंलादेशले भुटानलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पहिलो पटक फाइनल पुगेको छ ।

यस अघिका पाँच वटै संस्करणको उपाधि भारतले जितेको थियो । पाँचौँ पटक फाइनल पुगे पनि नेपाल उपविजेतामा मात्रै सीमित रहेको हो । छैटौं संस्करणमा उपाधि जुन देशले जिते पनि साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नयाँ विजेता बन्ने निश्चित छ ।

साफमा नेपालले पाँचौँ पटक फाइनल खेल्न लागेको हो भने बंलादेशको यो दोस्रो फाइनल यात्रा हो ।

टिप्पणीहरू