मात्र एक सेकेण्डको फरकले केसम्म फरक पार्छ जिन्दगीमा

मात्र एक सेकेण्डको फरकले केसम्म फरक पार्छ जिन्दगीमा

ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसरमा आयोजित म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन् ।

४ घण्टा १२ मीनेट २७ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तातोपानी गाउँपालिका-७ जुम्लाका दलबहादुरले उक्त उपाधि जितेका हुन् । उनी कर्णाली स्पोर्टिङ क्लबबाट सहभागी भएका थिए ।
दोस्रो र तेस्रो भने नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर भाट र राजन मेन्याङवो भए । खगेन्द्रले राजनलाई १ सेकेण्डले जितेका हुन् । उनले ४ घण्टा १२ मीनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गरे । राजनले ४ घण्टा १२ मीनेट ५८ सेकेण्डमा लक्ष्य पूरा गरेका हुन् ।

प्रतियोगितामा १ सय ३५ जना सहभागी थिए । प्रथमले १ लाख ५१, दोस्रोले १ लाख ३१ र तेस्रोले १ लाख ११ हजार प्राप्त गर्ने छन् ।

सदरमुकाम फुङलिङको पाथिभरा चोकबाट शुरु भएको प्रतियोगिता सुकेटार,काफ्लेपाटी, पाथिभरा मन्दिर पुगेर सदरमुकामस्थित तोक्मेमा टुंङगिएको थियो ।

टिप्पणीहरू