मकवानपुरको बाढी–पहिरोमा दुईको ज्यान गयो

मकवानपुरको बाढी–पहिरोमा दुईको ज्यान गयो

मकवानपुरको छुट्टाछुट्टै स्थानमा बाढी र पहिरोका कारण दुई जनाको ज्यान गएको । हिजोदेखि अविरल परेको वर्षापछि खोलाको पानीको सतह बढ्दा कैलाश गाउँपालिका ३, स्थित कालीखोला तर्ने क्रममा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार स्थानीय कालिकाटार बजारमा सामान किनमेल गरी फर्कने क्रममा कालीखोला तर्ने क्रममा चेपाङलाई खोलाले बगाएको हो । त्यसैगरी राक्सिराङ गाउँपालिका ६ मागेनी बस्तीमा पहिरोले घर बगाउँदा ४८ वर्षीय तोकबहादुर चेपाङको मृत्यु भएको छ । डाँडाबाट बगेको पहिरोले घर पुरिँदा मानवीय क्षति भएको राक्सिराङ गाउँपालिका कार्यपालिका सदस्य सिंगलाल चेपाङले जानकारी दिए ।

अहिले पनि मकवानपुरका सबै स्थानमा अविरल वर्षा भइरहेको छ । वर्षाका कारण कतिपय स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । राप्ती, मनहरी, बकैयालगायत ठूला तथा साना खोलामा पानीको सतह उच्च तहमा पुगेको छ ।

टिप्पणीहरू