टिकट नपाए कमरेडहरुले पार्टी छोड्ने

टिकट नपाए कमरेडहरुले पार्टी छोड्ने

नेकपा माओवादी केन्द्र बाराका नेता तथा कार्यकर्ताले गठबन्धनका नाममा क्षेत्र नम्बर १ ‘क’ अन्य पार्टीलाई दिए सामूहिक राजीनामाको चेतावनी दिएका छन् ।

हिजो कोल्हबीमा बसेको निजगढ, कोहल्बी,बारागढी,सिम्रौनगढ पालिका कमिटीका पदाधिकारीको बैठकले क्षेत्र नम्बर को ‘क’ गठबन्धनको मर्मअनुरुप आफूहरुको भागमा आउनुपर्ने भन्दै सशक्त दावेदारीको निर्णय गरेको छ ।

गठबन्धनको सीट भाग लगाउनका निम्ति गठित मधेश प्रदेश कमिटीले गठबन्धनमा माओवादीलाई पन्छाएर गएको दाबी गर्दै बैठकले उक्त क्षेत्र नदिए सामूहिक राजीनामा दिने र निर्वाचनको कुनैपनि प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो ।

तर,त्यो क्षेत्र नेपाली काँग्रेसको भागमा परेको छ । त्यहाँ कांग्रेसका शम्भुबहादुर बुढाथोकीले टिकट पाउने लगभग पक्का रहेको बताइन्छ ।

टिप्पणीहरू