राष्ट्रपतिको स्वास्थ्य अवस्था उस्तै, ज्वरो ओर्लेन

राष्ट्रपतिको स्वास्थ्य अवस्था उस्तै, ज्वरो ओर्लेन

राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य अवस्था उस्तै रहेको छ । रुघा,खोकी र ज्वरोले ग्रस्त भएपछि शनिवार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका राष्ट्रपतिको स्वास्थ्यमा खासै सुधार नभएको अस्पताल स्रोतले बताएको छ ।

उहाँलाई अस्ति राति कोरोना संक्रमण पुष्टि भएको थियो । ‘खोकी,रुघा र ज्वरो घटेको छैन,’ उपचारमा संलग्न एक चिकित्सकले भने ।

राष्ट्रपति भण्डारीलाई एनेक्स २ को बेड नम्बर ६०१ मा राखेर उपचार गराइएको छ ।

यसबीचमा उहाँको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया पुग्नुभएको छ ।

प्रायः राजनीतिक भेटघाट गरिरहने राजनीतिक दलका नेता तथा स्वघोषित अभियन्ताहरु भने चुनावको चटारोका कारण स्वास्थ्यलाभको कामना गर्न अस्पताल पुगेका छैनन् ।

टिप्पणीहरू