आज उम्मेदवारको नामावली प्रकाशन, भोलि फाइनल
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको आज नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले साँझ ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गर्न लागेको हो ।
प्रतिनिधिसभातर्फ प्रत्यक्षमा १६५ निर्वाचन क्षेत्रमा कूल दुई हजार पाँच सय २६ जनाले मानोनयन दर्ता गरेको आयोगले बताएको छ । जसमा २२ सय ९१ जना पुरुष र २३५ जना महिला रहेका छन् ।
आयोगमा अनुसार प्रदेशसभातर्फ प्रत्यक्षमा ३३० क्षेत्रमा गरी कूल तीन हजार चार सय ७६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । तीमध्ये ३१७८ जना पुरुष, २९७ जना महिला र एक जना अन्यले उम्मेदवारी दर्ता गरेका हुन् ।
उनीहरुको अन्तिम नामावली भने भोली प्रकाशन गरिने छ ।
टिप्पणीहरू