पाकिस्तानी राजदूत जंगी अड्डामा
नेपालका लागि पाकिस्तानी राजदूत आज जंगी अड्डा पुग्नुभएको छ । उहाँले भद्रकालीस्थित सैनिक मुख्यालयमा प्रधान सेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गर्नुभएको हो ।
राजदूत सैयद हैदर साहले कार्यकाल पूरा गरेर स्वदेश फिर्ता हुनुअघि प्रधान सेनापतिसँग शिष्टाचार भेट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधान सेनापति शर्माले राजदूत सैयदको सफल कार्यकालको निम्ति बधाई दिँदै सुखद् भविष्यको कामना गर्नुभएको जारी विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू