शताब्दी पुरुषको स्वास्थ्यमा सामान्य सुधार

शताब्दी पुरुषको स्वास्थ्यमा सामान्य सुधार

१०३ वर्षीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार आएको छ । किष्ट अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सामान्य सुधार आएको अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यले जानकारी दिएका छन् ।

जोशीको छातीमा निमोनिया संक्रमण नियन्त्रण गर्न दिइएको एन्टिबायोटिक्स कोर्स भने जारी रहेको अस्पतालले जनाएको छ ।उहाँको मुटुको चाल सम्बन्धी समस्यामा केही सुधार देखिए पनि अझै सघन उपचार कक्षमै राखेर उपचार गरिएको प्रा.डा बज्राचार्यले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जोशीलाई असोज ७ गते किष्ट अस्पतालमा भर्ना गरिएको हो । उहाँको स्वास्थ्य निरीक्षणका निम्ति विशेषज्ञ डाक्टरहरु खटिएका छन् ।

टिप्पणीहरू