कोष तथा लेखा नियन्त्रक कार्यालयका जिल्ला प्रमुखको जिम्मेवारी थपियो
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भए–नभएको हेर्ने जिम्मा प्रत्येक जिल्लामा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई दिएको छ ।
सोमबारको निर्णयानुसार आयोगले निर्वाचन आचारसंहिता २०७९ को दफा ३२ बमोजिम कार्यालयका प्रमुखलाई जिल्लामा आचारसंहिता अनुगमन अधिकृतको रुपमा तोकेको हो ।
आफ्नो जिल्लाभित्रका कर्मचारी, शिक्षक वा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने दायित्व भएका अन्य कुनै व्यक्तिले आचारसंहिताविपरीत कार्य गरेमा सम्बन्धित अनुगमन अधिकृतले कारबाहीसमेत गर्न सक्छन् ।
अधिकृतले निर्वाचन आयोग ऐन, २०७३ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्ने र सोको जानकारी सम्बन्धित जिल्लाको आचारसंहिता अनुगमन समिति र आयोगमा पठाउनुपर्ने छ ।
प्रत्येक जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति रहने व्यवस्था छ ।
टिप्पणीहरू