सिंहदरबारमा घाइते पत्रकारहरुको सम्मान
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा घाइते भएका पत्रकारहरुलाई सरकारले सम्मान गरेको छ । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री जगदीश खरेलले घाइते पत्रकारहरुलाई सम्मान गरेका हुन् ।
सम्मानित हुनेमा नेपाल प्रेसका उमेश कार्की,नयाँ पत्रिकाका दिपेन्द्र ढुङ्गाना, शम्भु दंगाल,कान्तिपुरका श्याम श्रेष्ठ रहेका छन् । कार्यक्रममा मन्त्रालयकी सचिव राधिका अर्याल, सहसचिवलगायत झण्डै चार दर्जनको उपस्थिति थियो ।




टिप्पणीहरू